संशोधनमार्फत मागहरू सम्बाेधन नभए आन्दोलनमा जाने मुस्लिम संघर्ष गठबन्धनको घोषणा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 10:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मुस्लिम समुदायका हक, अधिकार सुनिश्चित नगरेको भन्दै राष्ट्रिय राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आन्दोलनको चेतावनी दिएको छ।  संबिधान संशोधन प्रस्ताव पुनर्लेखन गरी मुस्लिमका मुद्दाहरुलाई समावेश गर्न गठबन्धनले माग गरेको छ। 

राजधानीमा आयोजना गरीएको पत्रकार सम्मेलनमा राष्ट्रिय गठबन्धनका अध्यक्ष समिम मिया अन्सारीले संशोधनमार्फत् मागहरू सम्बाेधन नभए पुनः सशक्त अान्दाेलनमा जान बाध्य हुने बताए। संविधान संशोधन प्रस्तावमा मुस्लिमका मुद्दा समावेश नगरिएको प्रति गुनासो ब्यक्त गर्दै गठबन्धनका महासचिव जाकीर हुसैनले संबिधान संसोधन गरेर मुस्लिम समुदायकाे विशेषाधिकार स्थापित गर्न माग गरेका छन।     

स्थानीय तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सन्तोषजनक नभएको भन्दै गठबन्धनले सरकार समक्ष ९ माग अघि सारेको छ। अहिले अघि सारिएको संबिधान संसोधनको प्रस्ताबमा समेत मुस्लीम समुदायको माग नसमेटिएको प्रति गठबन्धनले खेद प्रकट गरेको छ। 'हाम्रा मागहरु सम्बोधन नभए अान्दाेलनमा जान बाध्य हुनेछौ' गठबन्धनका प्रवक्ता मोहम्मद साहिद अलिले बताए।  


        

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved