एमालेको मेची महाकाली अभियानमा मधेसी मोर्चाको बाधा,कार्यक्रम स्थल नजिक बम फेला  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 11:29:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एमालेले सप्तहरीमा आयोजना गरेको आमसभा थप तनाबपूर्ण बनेको छ। एमालेले आयोजना गरेको आमसभा कार्यक्रम स्थलभन्दा दुई किलोमिटरको दुरीमा  बम फेला परेको छ।

सप्तरीको राजविराज औद्योगिक क्षेत्र नजिक बम फेला परेको जनाइएको छ। बम फेला परेको स्थान एमालेको कार्यक्रम स्थल भन्दा करिब २ किलोमिटर उता मात्रै रहेको छ। सप्तरी प्रहरी कार्यलयले घट्नास्थलमा बम डिस्पोजल टोली बोलाइएको जानकारी दिएको छ। 

एमालेको सभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताहरु आक्रमक रुपमा प्रस्तुत भएपछि सुरक्षा व्यवस्था मिलाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालक गरिएको छ। बिहानदेखि नै तनाबमय रहेको सो क्षेत्रमा सम्भावित झडप रोक्नका लागि उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

अपडेट:

सप्तरीको राजविराज–रुपनी सडक खण्डअन्तर्गत ७ किलो भन्ने स्थानमा फेला परेको बम प्रेसर कुकर बम रहेको खुल्न आएको छ । औद्योगिक क्षेत्रबाट ४ किलोमिटर उत्तर कल्भर्टमुनिमा कुकर बम फेला परेको डीएसपी दानबहादुर कार्कीले बताए।  सो क्षेत्र नियन्त्रणमा लिएर डिस्पोज गर्ने तयारी भइरहेको डीएसपी कार्कीले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved