मोर्चाको छातीमा टेकेर ओलीले भने 'बिचौलियाको भर नपर्नु, मधेस डुबाउंछन', भाषण लगत्तै गोली चल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 04:31:09 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान आज सप्तहरीको राजविराज पुगेको छ । मधेसी मोर्चाको अवरोधबीच राजबिराजमा आयोजित आमसभालाई पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ढुंगा हान्न सिकाउने पार्टीको नभई विकासको बाटोमा हिडाउने पार्टीमा आबद्द हुन आग्रह गरे । उनले मधेशको बिकासको लागि एमाले नेतृत्त्व सरकारले ठुलो रकमको बजेट छुट्याउदा मधेसका केहि बिचौलीयाले बिरोध गर्नका लागि बिरोध गरेको दाबी गरे ।

 बिचौलियाको भर पर्दा सिंगो मधेसनै डुब्ने सक्ने खतरा औल्याउंदै अध्यक्ष ओलीले आफुहरु क्षेत्र बिशेष नभई सर्वोच्च नेपालको राष्ट्रिय पार्टी भएको बताए । उनले भने 'मधेशको विकास हुँदा यहाँका केहि रैथानेहरुको शासन कम्जोर हुँदै जाने चिन्ताले बिचौलियाहरुले एमालेको मेची महाकाली अभियानको बिरोध गरिरहेका छन्'  ।

यसैविच एमालेको सभामा प्रहरीको घेरा तोडेर मोर्चाका नेता तथा कार्यकर्ता एमालेको सभा बिथोल्न खोज्दा प्रहरीले गोलि चलाएको छ । स्थिति नियन्त्रणमा प्रहरीले अश्रु ग्याँस प्रहार  गर्नुका साथ साथै गोली चलाएको हो। मोर्चा र प्रहरीबीचको झडपमा दुई प्रहरी घाइते भएका छन् भने प्रहरीले ३० भन्दा बढी मोर्चाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved