दशगजा मिचेर भारतीय पक्षले सुरु गर्‍यो संरचना निर्माण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 08:10:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ ।

भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो ।

यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यति नै पूर्वतर्फ सारेर संरचना निर्माण गरिरहेको छ । सो ठाउँमा हाल २२ बाई २० फीटको पक्की संरचना निर्माण भइरहेको छ ।

यसअघि विसं २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपछि आफूहरुले रोक लगाएको वडा नम्बर २२ का तत्कालीन अध्यक्षसमेत रहिसेका  मुस्लिम मियाँले जानकारी दिए ।

जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरु गरेपनि सरोकारवाला निकाय बेखबर झैँ थिए । सो विषयमा प्रतिक्रिया दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आफूले समेत सोमबार मात्र संरचना निर्माण भइरहेको थाहा पाएको बताए । उनले भने–’भन्सार प्रशासनसहित सरोकारवालासँग छलफलको पहल गर्छु ।’

जोगबनी भन्सारले सो ठाउँमा संरचना निर्माण गरेर सामान चेकजाँच गर्ने एक्सरे मेसिन राख्न लागेको बताइएको छ । भन्सार क्षेत्रमा सुरक्षाका अत्याधुनिक उपकरण राख्ने विषय दुवै पक्षका लागि सकारात्मक भए पनि दशगजा क्षेत्र मिचेर भइरहेको निर्माण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved