झनै रहस्यमयो बन्यो फरवार्डको सेयर बाँडफाँड प्रक्रिया, किन लुकाइयो आवेदन नम्बरमा आधारित नतिजा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 10:53:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आईपिओ बाँडफांडमा गंभिर त्रुटी भएको समाचारपछि विवादमा तानिएको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङ  थप विवादमा तानिएको छ । बिजपाटी लगायतका विभिन्न अनलाइनहरुले त्यस बिषयलाई प्राथमिकताका साथ उठाएपछि  नबिल इन्भेस्टमेन्टले आफ्नो आधिकारिक वेबसाइटमा नतिजा हेर्ने तरिका नै बदलेको छ । नबिल इन्भेस्टमेन्टले आवेदन नम्बरमा आधारित अन्तिम नतिजा लुकाएर अहिले हितग्राही खाता नम्बर अर्थात् डिम्याटबाटको खाता नम्बरबाट मात्र नतिजा हेर्न सकिने बनाएको छ ।   

फरवार्ड कम्युनिटीको आईपिओ भरेका संजय भण्डारीले यो बिषय उठान गरेका थिए । उनले आफुले पाएको अर्धकट्टीमा भएको सिरियल नम्बरलाई शेयर परेको तर सोहि नम्बरमा अर्कै लगानीकर्ताको नाम भएको र ति शेयर आफुले पाउनु पर्ने दाबी गरेपछि घटना प्रकाशमा आएको थियो ।

भण्डारीले १७०५६ मा आफ्नो, १७०५७ मा  लक्ष्मी भट्टराई र १७०५८ मा यशोदा न्यौपानेको शेयर भरेको अर्धकट्टीबाट देखिन्छ । बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंङले सार्बजनिक गरेको सुचीमा माथि उल्लेखित तिन वटै सिरियल नम्बरलाई शेयर परेको देखाएको छ तर शेयर परेको व्यक्ति भने फरक छ । सुचीमा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिन्छ ।  

त्यस घटनालाई बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंङले  भने सामान्य भनेको थियो । मर्चेन्ट बैंकिंङ प्रमुख अनुज थापाले बिजपाटीसंग भनेका थिए 'फरक फरक वितरण केन्द्रबाट आवेदन आउने भएकाले सिरियल नम्बर समान हुन सक्छ, पहिला पनि भएका छन् ' ।

उनले सिरियल नम्बरलाई मात्र आधारण मानेर शेयर बाँडफांड नहुने दाबी गरेका थिए। उनले भनेका थिए  ' सबै संकलन केंद्रबाट आवेदन आईसकेपछि हामी ३ पुस्ते हेरेर त्यसको आधारमा सबैलाई 'युनिक' सिरियल नम्बर प्रदान गर्छौ, त्यहि युनिक सिरियल नम्बरको आधारमा शेयर बाँडफांड हुन्छ, आवेदनमा भएको नम्बरले फरक पार्दैन'।

युनिक नम्बर प्रदान गरेर शेयर बाँडफांड गर्दा सिरियल नम्बर दोहोरियर कुनै समस्या नहुने पनि उनको दाबी थियो । 

त्यसरी मर्चेन्ट प्रमुखले दाबाका साथ कुनै त्रुटी नभएको बताउंदा बताउदै अहिले आफैले पहिलेको नतिजा लुकाएर हितग्राही खाताका आधारमा नतिजा सार्वजनिक गर्नुले पनि बाँडबाँड प्रक्रियामा केहि त्रुटी रहेको हुन् सक्ने आधारको रुपमा लिन सकिन्छ । यदि कुनै त्रुटी नभएको भए के कारणले हितग्राही खाताका आधारमा रहेको नतिजा सार्बजनिक गरियो ? सबै बिक्रि प्रबन्धकले सिरियल नम्बर मै आधारित नतिजा सार्बजनिक गर्छन तर नबिलले किन त्यसलाई हटायो र हितग्राहीमा आधारित नतिजा ल्यायो सर्बत्र चासोको बिषय बनेको छ  ।  
  
उता भण्डारीले धितोपत्रबोर्डमा मंगलबार छानबिनका लागि आग्रह गर्दै निवेदन दिने बताएका छन् । सञ्जय भण्डारी भन्छन्, ‘सोमबार नै निवेदनदिने तयारी गरिएको थियो, नबिल इन्भेष्टले आफ्नो गल्ती लुकाउन गरेको अर्को गल्तीले धितोपत्र बोर्डलाई छानबिन गर्न झनै सजिलो बनाएको छ । यो विषयलाई पनि समेट्नका लागि हामीले मंगलबार मात्र धितोपत्र बोर्डमा निवेदन दिने भएका हौं । यसबाट अहिले सेयर बाँडफाँडमा देखिँदै आएका अनियमितता न्युनिकरणमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved