मोर्चा कार्यकर्ताद्वारा एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 11:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको घटनालाई लिएर आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलबार सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले लहानको मुख्य चोकमा रहेको एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालय तोडफोड गरेका हुन् । 

 मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा आगजनी गरेका छन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको  छ ।

घटनाको विरोधमा मोर्चाले तराईका जिल्लाहरुमा बन्दको आव्हान पनि गरेको छ । बन्दका कारण यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द छन् ।

तराइको विभिन्न जील्लाको विभिन्न स्थानमा बिहानैदेखि सडकमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् ।

नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सोमबार सप्तरीको राजविराजमा भएको झडपमा ३ जनाको मृत्यु भएपछि मोर्चाले त्यसको विरोधमा प्रदर्शन गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved