सप्तरी घटना अपडेट : सिडिओ सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाईयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 12:25:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सप्तरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।  सोमवार सप्तरीको राजबिराजमा भएको झडपमा मानवीय क्षति भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय गरेको हो ।



आज नै गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई आज बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीमा हिजो भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिएका छन् । छलफलमा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् ।

 छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति थियो । 

सोमबारको घटनाको विरोधका क्रममा मोर्चाका कार्यकर्ता उग्र बनेपछि स्थानीय प्रशासनले सदरमुकाम राजविराजमा अनिश्चितकालिन कर्फ्यू लगाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved