सप्तरी अपडेट: बिज्ञप्ति निकालेर मोर्चाले अघि सार्यो आधा दर्जन माग (बिज्ञप्तिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 01:02:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीमा भएको झडपमा परी ३ जनाको मृत्यु भएको भोलिपल्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले बैठक गरी विभिन्न ६ बुँदे माग अघि सारेको छ  ।  

मोर्चाले मृत्यु भएका तीनै जनालाई शहिद घोषणा तथा पीडित परिवारलाई राहत र एक सदसयलाई सरकारी जागिर दिनुपर्ने माग पहिलो नम्बरमा उल्लेख गरेको छ। अन्य मागहरुमा सरकारले घाइतेको उपचार व्यवस्था गर्नुपर्ने र घट्नाको छानवीनका लागि उच्चस्तरिय छानवीन आयोग गठन गरी दोषीलाई कारवाही गर्नुपर्ने ,  सप्तरीका सिडिओ, प्रहरी प्रमुखको निलम्बन गर्नु पर्ने, संविधान संशोधन परिमार्जनसहित पारित गर्नुपर्ने र  गजेन्द्रनारायाण सिंह औधोगिक प्रतिष्ठानमा कार्यक्रम गर्न अनुमति दिनेलाई समेत कारवाही गर्न मोर्चाले माग गरेको छ ।

मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारी विज्ञप्तिमा अनिश्चितकालिन आमहड्तालमा सहयोग गर्न सबैसंग माग गरिएको छ भने नेकपा एमालेलाई सप्तरी जिल्लामा सामाजिक बहिस्कार गर्न आह्वान गरिएको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved