दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना: नयाँ शक्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 02:35:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति नेपालले दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना घटेको निष्कर्ष निकालेको छ  । पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक बिज्ञप्ति जारि गर्दै  घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेका छन्  । 

बिज्ञप्तिमा असमझदारी, टकराव र विभाजनलाई कहि कतैबाट प्रोत्साहित नगर्न र  एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वादमा आउन आग्रह गरिएको छ  । 

पढ्नुस पुरा बिज्ञप्ति । 

०७३ फाल्गुण २३ गते सप्तरीमा भएको राज्य दमनको घटनाबाट नयाँ शक्ति पार्टी, नेपाल स्तब्ध भएको छ । हामी सप्तरीको दुःखद घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारप्रति समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । घटनाको उच्चस्तरीय न्यायिक छानवीन गरी दोषीलाई कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।

१. हामीले भनिरहेका छौं कि नयाँ शक्ति पार्टी, नेपाल सबैखाले अतिवादको विपक्षमा छ । हामीलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक छ । हामी राजनीतिक सहमति, राजनीतिक बिश्वास र सहकार्यको पक्षमा छौं । हामी समावेशी विकास र सम्बृद्धिको पक्षमा छौं । हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौं । यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहि कतैबाट प्रोत्साहित नगरौं ।

२. हामीले पटक पटक भनेका छौैँ कि आन्दोलनरत पक्षहरुसँग सहमति गरेर संविधान संशोधन गरि सबै आन्दोलनहरुलाई समेटौं । यो हाम्रो कसैप्रतिको आग्रह अथवा पूर्वाग्रह होइन । यो नै दिगो शान्ति, एकता र सम्बृद्धिको मूलबाटो हो । यो नै शान्तिपूर्ण र प्रभावकारी निर्वाचन गर्ने आधार हो । यसकालागि हामीले ६ बुँदे शर्तहरु सहित निर्वाचनको वातावरण बनाउन सरकारसँग यसअघिनै माग गरिसकेको कुरा स्मरण गराउन चाहन्छौं । 

३. हामी जोडदिन चाहन्छौ कि संविधान संशोधन गर्नु देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु होइन । यसले हाम्रो एकता र अखण्डतालाई अझ बलियो बनाउँछ । तर केही दलहरुको अहंकारले राजनीतिक सहमति र संविधान संशोधनमा बाधा पुगेको छ । खासगरी संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ । त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो । त्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो । यस्तोवेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण बनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रियो । परिणाम अत्याधिक मानवीय क्षति हुनपुग्यो । यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्दछ । 

४. जिम्मेवार राजनीतिक दलले परिस्थितिलाई उत्तेजित बनाउनु हुदैन । अतः हामी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपूर्वक सम्वादमा आउन र संविधान संशोधनका लागि सहमति गर्न र त्यसका साथै तराई, मधेस केन्द्रित दलहरुलाई पनि सम्वादका माध्यमबाट समाधान खोज्न आह्वान गर्दछौं । यसकालागि सरकारलाई तत्काल सहमतिका लागि सार्थक सम्वादको वातावरण बनाउन आह्वान गर्दछौं ।

मिति ः २०७३/११/२४

 

...............................
डा.बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved