संघीय गठबन्धनद्वारा नेपाल बन्द सहितका विरोधका कार्यक्रम सार्बजनिक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 02:51:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीमा सोमबार भएको घटनाको विरोधमा संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम सार्बजनिक गरेको छ ।  गठबन्धनको आज मंगलबार बसेको बैठकले  फागुन २६ गते जिल्ला सदरमुकामहरु सहित काठमाण्डौमा विरोध प्रदर्शन गर्ने र फागुन २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको हो  । 

गठबन्धनले क्षतिपूर्ति सहित मृतकहरुलाई सहीद घोषणा र घाइतेहरुलाई निशुल्क उपचारको गर्न माग गर्नुका साथै निर्वाचन फिर्ता लिन सरकारसँग माग गरेको छ । 

गठबन्धनले कुटनीतिक पदाधिकारीसँग सप्तरी घटनाको पूर्ण विवरण पेश गरेर छलफल गर्ने, संसदमा रहेका गठबन्धन अन्तर्गतका मधेसवादी दललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन सात दिने अल्टिमेटम दिनेलगायतका निर्णय गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved