प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाबीचको छलफल सम्पन्न,मोर्चाद्वारा सरकारलाई लिखित अल्टिमेटम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 09:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्प कमल दाहाल, प्रचण्ड र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको छलफल सम्पन्न भएको छ। राजविराज सप्तरीमा भएको घटनापछि बिग्रिएको राजनीतिक माहोल व्यस्थापनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो परिस्तिथि समाधानमा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ।

मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटि आफ्ना माग पुरा गर्न सरकारलाई लिखित अल्टिमेटम दिएको छ।

मोर्चाका मागहरु
स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, 
संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने,
स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने , 
सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, 
सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने 
र  घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने 

माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता हुने मोर्चाले सरकारलाई जानकारी दिएको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँगको छलफलपछि थप रणनीति बनाउने जानकारी दिएको बताए।    

ज्ञापन पत्र

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved