जिउँदो मानिसलाई मारेको आरोप खेपेको मोर्चाले गर्यो ७ जनाको मृत्यु भएको दाबी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2017 | 10:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी घटनामा ४ जनाको मृत्यु भएको भनेर सोमबार साँझ बिज्ञप्ति निकाल्यो । मोर्चाले आफ्नो बिज्ञप्तिमा संजन मेहता, आनन्द साह , पिताम्बर लाल मण्डल र दिगम्बर यादवको गोली हानि हत्या गरिएको लेखेको थियो ।  

मोर्चाले मृत्यु भएको भनिएका दिगम्बर यादवको भने मृत्यु नभएको र उनको अझै अस्पतालमा उपचार भईरहेको पाईयो  । यादवको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको पिठ्यूमा गोली लागेको छ । 

बुधबार बिहान उपचारको क्रममा धरानमा वीरेन्द्र महतोको मृत्यु भएको छ  ।  यस संगै मृतकको संख्या ४ पुगेको छ  । तर मोर्चाले आज सरकारलाई दिएको अल्टिमेटम पत्रमा ७ जनाको हत्या भएको उल्लेख छ  । तर त्यसमा मृतकहरुको नाम भने खुलाईएको छैन  । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved