नारिदिवसको अवसरमा युवालयले पुरुष पदयात्रा गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 12:25:20 AM मा प्रकाशित

laxmi  sunrise bank

देशव्यापी रूपमा बढिरहेको महिला, बालिका तथा किशोरीमाथि हुने सबै प्रकारका हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राजधानीमा पुरुष पदयात्रा (मेन्स मार्च) हुने भएको छ । 


पुरुषहरूलाई एकै स्थानमा भेला गराई महिला, बालिका तथा किशोरीमाथि हुने हिंसाका सम्बन्धमा आवाज उठाउन तथा बहस चलाउन पुरुष पदयात्रा आयोजना हुन लागेको हो । युवाहरूको सक्रियतामा स्वतस्फूर्त रूपमा हुन लागेको सो पुरुष पदयात्राको नेतृत्व युवालय नामक संस्थाले गर्दैछ । करिब एक दर्जन शैक्षिक संस्था, क्लब तथा अधिकारवादी संस्थाहरुले कार्यक्रममा साथ दिनेछन् । 


युवालयका अध्यक्ष सन्जोग ठकुरीका अनुसार पुरुष पदयात्रा आज बुधबार (२०७३।११।२५) अपराह्न ३ः०० बजे ललितपुरको जावलाखेलबाट सुरु भई मंगलबजारको रानीपोखरीमा विविध कार्यक्रम सहित सभामा परिणत हुनेछ ।  


आयोजकहरूका अनुसार यो महिला हिंसा विरुद्ध पुरुष पदयात्राको चौथोे संस्करण हो । सन् २०१५ बाट नेपालमै पहिलोपटक सुरु गरिएको यस अभियान सन् २०१६ मा ललितपुर, डोटी, कपिलवस्तु, बाँके र काभ्रेमा पनि यस्तै पदयात्रा गरेका थिए । कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने ठकुरीले बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved