सप्तरीको घटनालाई लिएर मन्त्रिपरिषदको बैठकले गर्यो ३ महत्त्वपूर्ण निर्णय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 06:04:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीको घटनापछि तात्तिएको राजनीतिक माहोलको व्यवस्थापनका लागि अपरान्ह ३ बजे देखि सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ। 

आज दिउँसो ३ बजे देखि बसेको मन्त्रिपरिषदको बैठकले सप्तरीको घटनामा मृत्यु हुनेको परिवारलाई १० लाख दिने, घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, निर्वाचनको वातावरण बिग्रन नदिने लगायतका महत्त्वपूर्ण ३ निर्णय गरेको छ।  

त्यस्तै 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ । 

बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।

बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved