फरवार्ड कम्युनिटीको सेयर नपरेको पैसा आजदेखि फिर्ता 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2017 | 10:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले साधारण सेयर नपरेको पैसा आज (फागुन २६)  देखि फिर्ता हुने भएको छ। फरवार्डले माघ ९ देखि माघ १२ सम्म निष्काशन गरेको आइपीओ गत शुक्रबार फागुन २० मा बाँडफाँड भएको थियो। 

सेयर भरेका  कुल १ लाख २६  हजार ७ सय २७ आवेदक मध्ये २ हजार ६२ आवेदकको आवेदन रद्द भएको थियो ।  जस अनुसार १ लाख २४ हजर ७ सय २५ आवेदक मध्येबाट ३८ हजार ८ जनाले  फरवार्डको कम्युनिटीको आइपीओ पाएका छन।  

फरवार्ड कम्युनिटीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले आइपीओ नपरेको पैसा फागुन २६ बिहिबार देखि फिर्ता गर्ने जनाएको छ। उसले दिएको जानकारी अनुसार फरवार्डको आइपीओ भर्ने क्रममा एनएमबि बैंक, नबिल बैंक र माछापुच्छ्रे बैंकको खाता नम्बर उपलब्ध गराएका आवेदकहरुको पैसा भने सिधै खातामा जम्मा हुने छ। 

यी ३ बैंक बाहेकका खाता नम्बर उपलब्ध गराएकाले साधारण शेयर नपरेको पैसा फिर्ता लिनका लागि आबेदन भरेको संकलन केन्द्रमा प्रमाण (पैसा बुझाएको रसिद) र आफ्नो परिचय पत्र सहित आवेदन दिएको स्थानमा जानुपर्ने छ। त्यस्तै स्वयं उपस्थित हुन् नसके आवेदकको मंजुरिनामा र आबेदन भरेको प्रमाण (पैसा बुझाएको रसिद) स्वयंले प्रमाणित गरी पठाउने पर्ने छ । 

साथै आस्वा प्रणालीबाट आइपीओमा आबेदन दिनेहरुको साधारण शेयर नपरेको रकम आइपीओ बाँडफाँड भएको ३ कार्य दिन भित्र फुकुवा हुनु  पर्ने प्राबधान छ। यहि व्यवस्था अनुसार कम्तिमा सोमबार अर्थात फागुन २३ देखि आस्वा प्रणालीबाट फरवार्डको आइपीओमा आबेदन दिनेहरुको साधारण शेयर नपरेको रकम फुकुवा हुने भएको छ। 

फरवार्डको आइपीओमा साना लगानीकर्ता भनिएका १ लाख ६  हजार रुपैयाँसम्मको १०६० कित्तासम्म आबेदन दिएकाले गोलाप्रथा प्रक्रियाबाट १० कित्ता सेयर पाएका छन् भने त्यो भन्दा माथि आबेदन दिएका ठुला भनिएका लगानिकर्ताले समानुपातिक प्रणालीबाट सबैले नै फरवार्डको सेयर पाएका छन। सबै भन्दा बढी पाउनेले २६ कित्ता पाएका छन। 

फरवार्ड कम्युनिटी माइक्रोफ़ाइनान्सले माघ ९ देखि माघ १२ सम्म निष्काशन गरेको ६ लाख कित्ता आइपीओका लागि करिब १ लाख २६ हजार आवेदकबाट ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो।  

यो पनि : 

नेपाल लाइफको एफपीओ नपरेको पैसा आज देखि फिर्ता  यी १४ बैंकहरुमा खाता भए पैसा सिधै जम्मा हुने 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved