कमल थापा उपप्रधान सहित स्थानीय विकास मन्त्री बन्दै, २ मन्त्रीको मन्त्रालय फेरिंदै 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 03:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार बिस्तारको तयारी गरेका छन् ।  प्रधानमन्त्रीले राप्रपाबाट २ मन्त्रीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।  जस अन्तर्गत राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको सहित स्थानीय बिकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । त्यस्तै राप्रपाकाकै प्रमुख सचेतक दिलनाथ गिरीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तयारी छ ।  

कमल थापा र दिलनाथ गिरीको सपथ आज नै साँझ ६:३० बजे तय गरिएको छ ।

हाल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्दै आएका जीवन शाहीलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिने तयारी भएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हाली रहेका प्रेमबहादुर सिंहले बिज्ञान तथा प्रबिधि मन्त्रालय पाउने भएका छन्  । बिज्ञान तथा प्रबिधि मन्त्रालय प्रधानमन्त्रीले नै हेर्दै आएका थिए । 

स्थानीय बिकास मन्त्रालय सम्हालीरहेका हितराज पाण्डेलाई प्रधानमन्त्रीले पशुपंशीले मन्त्रालय अफर गरेका भएपनि उनले नमानेको श्रोतले बताएको छ  । यस्तो अवस्थामा उनलाई फिर्ता बोलाउने वा हाललाई बिना बिभागीय मन्त्री कै रुपमा राख्ने बारे छलफल भई रहेको बुझिएको छ ।  

 मधेसी मोर्चाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्रीले सरकार विस्तार गरेका हुन् । त्यस्तै सविधान संशोधनको लागि दुई तिहाई संख्या पुर्याउनको लागि पनि सरकार विस्तार हुन् लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved