सप्तरी घटनाका दोषीलाई कारवाही नगरे, अन्तराष्ट्रियकरण गर्ने रौनियारको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 21, 2017 | 03:08:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक अभियन्ता दर्शन रौनियारले देशमा दुरदृष्टि नेताको खाँचो रहेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रौनियारले पछिल्लो समयमा देखिएका राजनीतिक संकटको निकास दिने नेतृत्वको खाँचो रहेको बताएका हुन् । फागुन २३ गते सप्तरीमा घटेको घट्नालाई नजिकबाट अध्ययन गरेका रौनियारले उक्त घटनालाई राज्यले हल्का रुपमा लिएको आरोप समेत लगाए ।

पहाड र मधेशबीचको सम्बन्ध प्रगाढ बनाउनुको साटो शीर्ष नेताहरुले भड्काउने र दुरी बढाउनतर्फ उद्दत रहेको भन्दै वर्तमान राजनीतिक नेतृत्वलाई गम्भिर हुन उनले आग्रह गरे।

सप्तरी घट्नाका दोषीलाई कारबाही गर्नको लागि सरकारसँग आग्रह गर्दै उनले भने,‘सप्तरीको घट्ना मानव अधिकार विपरित छ, राज्य यस घटनाप्रति गम्भिर भएको छैन्, पीडितका आँखामा आँशु छ, यस्तो दुःखद् स्थितिमा राज्यले पीडितलाई प्रदान गर्ने भनेको राहत समेत अहिलेसम्म पनि प्रदान गरेको छैन्, खेतबारी र घरभित्र बसेको बेलामा प्रहरीले दमन गरेको पाईएको छ, यो पनि राम्रो काम भएन्।’

उनले उक्त घट्नाका दोषीलाई कारबाही गर्नुपर्ने माँग गर्दै भने,‘यदि सरकारले सक्दैन भने म अन्तर्राष्ट्रियकरण गर्छु, मैले पाँच जना पीडित परिवारलाई प्रत्यक्ष भेटेर कुरा गरे, यस्तो बेलामा प्रधानमन्त्री आँफै जानुपर्ने थियो, यही कुराले पनि सरकार गम्भिर नभएको देखाउँछ, सप्तरीका प्रमुख जिल्ला अधिकारीले तपाई मात्रै जान सक्नुहुनेछ भन्दै मलाई भन्नुभयो।’

देश र जनताको विकास भन्दा पनि आफ्नो भलाई चाहने नेताको व्यबहारले देशमा शान्ति तथा अमनचयन नभएको भन्दै रौनियारले आफु ढिलोचाँडो नेपालमा राजनीतिमा आउने जनाए।

तराई–मधेशका जनता र त्यहाँको विकासको लागि नेता जन्मिन नसकेको भन्दै सिङ्गो देशको नेता बन्ने भावनाको नेता मधेशमा जन्मिनुपर्ने बताउँदै भने,‘दुरदृष्टि भएको नेता चाहिएको छ, विश्वका धेरै देशहरू केवल एक जनाले विकसित बनाएका छन्, मरुभूमिको उपमाले चिनिएको दुवईलाई शेख महमद, मलेसिया डा.महाथिर महमद, सिङ्गापुर लि क्वानयूले बनाए जस्तै अब हाम्रो पालामा नेपाललाई विकसित देशको रुपमा विकास गर्नुपर्छ।’

उक्त घट्नामा पीडितहरूले कसैलाई पनि प्रवेश गर्न नदिएको स्थितिमा सामाजिक अभियन्ता रौनियारले आफू पुगेको दावि गरेका छन् । सप्तरीमा मानव अधिकारवादी पनि आफ्नो साथ पाएर मात्रै पुगेको दाबी गर्दै रौनियारले देशका कार्यकारी प्रधानमन्त्री र गृहमन्त्री अझैसम्म नपुग्नु दुःखद भएको गुनासो पोखे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved