सिभिल बैंकले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिदैछ बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 10:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले लाभाश घोषणा गरेको छ। बैंकको चैत्र ८ गते बसेको संचालक समिति बैठकले लगानीकर्तालाई २.८८ प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि ०.१५१६ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो  । बैंकले आर्थिक बर्ष ०७२/०७३ को कमाईबाट यो लाभाश वितरण गर्ने भएको हो  ।

उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ  ।  गत आर्थिक बर्षमा बैंकले ६.७५ प्रतिशत शेयर लाभांश वितरण गरेको थियो  ।  

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड १४ लाख खुद नाफा कमाएको थियो  । बैंकको चुक्ता पुंजी ४ अर्ब ५८ करोड रहेको छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved