लगातार तेस्रो दिन अर्ब बढीको कारोबार, १५ सय नाघेर फर्कियो नेप्से

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 01:34:30 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार पनि बजारमा तिब्र उतार चढाव देखिएको छ । तिब्र उतार चढावका बिच १५ सय माथि उक्लेको बजार अन्त्यमा केहि ओरालो लाग्दै १८.८५ अंकले बढेर १४८१.०८ को बिन्दुमा पुग्दा १ अर्ब ३७ करोडको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १४७  कम्पनीका २५  लाख ११  हजार सेयर खरिद बिक्रिबाट १ अर्ब ३७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा आज नै बुक क्लोज मिति घोषणा गरेको सानिमा बैंकको ७  करोड २०  लाख रुपैयाँको कारोबार भएको छ। आज अन्य बढी कारोबार हुनेमा नेपाल बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कर्मश, नेपाल बंगलादेश बैंक लगायतका छन।

लगातार तेस्रो दिन शेयर बजारमा १ अर्ब बढीको कारोबार देखिनुले लगानीकर्तामा हौसला जगाएको छ।  ठुला साथ साथै संस्थागत लगानीकर्ता पनि बजारमा प्रवेश गरेको र उनिहरुसंगै साना लगानीकर्ताले शयर खरिद बिक्रि गर्दा बजारमा रौनक छाएको हो  ।  

 आज कारोबारमा आएका  सूचक मध्ये इन्स्योरेन्स बाहेकका सूचक बढेका छन्  ।

आज ९ कम्पनीका शेयर धनीले करिब १० प्रतिसत कमाएका छन् भने राप्तिभेरी विकाश बैंकका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved