नारायणगढ, बनेपा र बिर्तामोडमा तत्काल ब्रोकर शाखा खोल्न नेप्सेको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 02:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ३ ब्रोकरलाई तत्काल शाखा (रिमोट वर्क स्टेशन) खोल्न निर्देशन दिएको छ। नेप्सेले स्थान र ब्रोकर नै तोकेर तत्काल शाखा खोल्न निर्देशन दिएको हो । 

नेप्सेले सनि सेक्युरिटिज प्रा.लि. लाई नारायणगढ, भिजन सेक्युरिटिज प्रा.लिलाई बनेपा र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई बिर्तामोडमा शाखा खोल्न निर्देशन दिएको हो । 

लगानीकर्तालाई सेवा उपलब्ध गराउन ति ब्रोकरलाई आवश्यक लिंक उपलब्ध गराईसकेको हुँदा नेप्सेले अबिलम्ब कारोबार संचालन गरी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई  उपलब्ध गराउन निर्देशन दिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved