थ्रेसहोल्ड सम्बन्धि प्रतिबेदन संसदमा पेश, साना दलको अस्तित्व संकटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 04:10:08 AM मा प्रकाशित

laxmi  sunrise bank

थ्रेसहोल्ड सम्बन्धि प्रतिबेदन संसदमा पेश गरिएको छ। थ्रेसहोल्डसम्बन्धि नयाँ प्राबधानप्रति साना दल असन्तुष्ट रहेपनि उक्त प्रस्ताब प्रस्ताब आजै संसदबाट पारित गरिने जनाइएको छ। 

उक्त प्रस्ताब पारित भएसंगै अब राष्ट्रिय पार्टीको मान्यता पाउनको लागि दलले समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षतर्फ पनि कम्तिमा एक सिट जित्नु पर्ने हुन्छ।   

लामो कसरतपछि शिर्ष दलहरुले थ्रेशहोल्डको बिषयमा सहमति जुटाएका छन् । संसदले पारित भए पश्चात  राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधयेक कार्यान्वयनमा आउनेछ । 

थ्रेसहोल्ड विवादका कारण विधेयक तीन महिनादेखि उपसमितिमै अल्झिएको थियो। हाल संसदमा दर्जन बढी दल समानुपातिक तर्फबाट मात्र निर्बाचित भएर संसदमा प्रतिनिधित्व गरिरहेका छन् । आगामी चुनाबमा पनि सोहि नतिजा दोहोरिए ति दलको संसदमा अस्तित्व नै हराउने छ । 

 
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved