टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद आज देखि, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 09:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकसंग मर्जर प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकले आज (चैत १३ ) आईतबारदेखि शतप्रतिशत हकप्रद बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

बैशाख १७ सम्म हकप्रद भर्न सकिने बैंकले जनाएको छ । बैंकले हकप्रद्को लागि माघ ७ गते बुक क्लोज गरेको थियो । माघ ६ गतेसम्म कायम शेयरधनि हकप्रदको लागि आवेदन दिन सक्ने छन् । एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाट र टुरिजम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने छ  ।  

शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ८३ करोड ९५ लाख ४२ हजार ५ सय पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४८ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १०३ दशमलब ४८ प्रतिशतले खुद मुनाफा बढाई ७ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हाल मेगा बैंकसंग मर्जर प्रक्रियामा रहेकाले बैंकको सेयर कारोबार रोक्का गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved