वेभसाइटमा राखिएको मतदाता नामावली अन्तिम होइन, भ्रममा नपर्नुस : निर्बाचन आयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2017 | 10:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आफ्नो वेभसाइटमा राखिएको मतदाता नामावली अन्तिम तथा प्रिष्कृत नभएको स्पष्ट पारेको छ। आयोगले हाल सङ्कलन भएका मतदाताहरुको नाम, ठेगाना हालको स्थानीय तह अनुसारको नयाँ ठेगाना अनुसार अद्यावधिक गर्ने, साना तिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने कार्य भईरहेको बताउदै अहिलेको नामावली अन्तिम नभएको जनाएको हो ।

आयोगक प्रवक्ता सुर्य प्रसाद शर्माले आयोगबाट परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेभसाइटमा राखिने जानकारी दिए । शर्माले आयोगबाट परिष्कृत नभएको मतदाता नामावलीलाई लिएर  टीकाटिप्पणी नगर्न र मतदातालाई भ्रममा नपार्न संचामध्यमलाई अनुरोध समेत गरेका छन् ।

 हाल वेभसाइटमा रहेको नामावली संविधानसभा निर्वाचन २०७० को मतदाता नामावली हो । २०७० सालको संविधानसभाको निर्वाचनपछि निर्वाचन आयोगले लगातार रुपमा मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिरहेको र सो कार्यक्रम २०७३ फागुन ९ गतेसम्म जारी थियो ।

मतदाता दर्ताको कार्यक्रम ७५ वटै जिल्लाका निर्वाचन कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयहरु, इलाका प्रशासन कार्यालयहरु तथा विभिन्न एकीकृत घुम्ती शिविरमा सञ्चालन गरेको थियो । साथै आयोगले ०७३ कात्तिक २६ गतेबाट माघ मसान्तसम्म दुई चरणमा गरी प्रत्येक गाविसको केन्द्र तथा नगरपालिकाको प्रत्येक वडामा मतदाता दर्ता गर्नका लागि टोली खटाई मतदाता नामावली दर्ता गर्ने विशेष कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।


स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने भनी नेपाल सरकारले निर्वाचनको मिति
घोषणा गरेको दिन २०७३ फागुन ९ गतेबाट मतदाता दर्ता गर्ने कार्य तथा नाम सारी गर्ने कार्य कानुन अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved