काभ्रेको ग्रामिण भेगको गाडीको समस्या लिएर समिति जाँदा विद्यार्थी माथि हत्या प्रयास, २ पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 27, 2017 | 12:39:49 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय सडकखण्डमा बिहान र बेलुका सार्बजनिक भाडाका सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नु परेकाले गाडी थप्न पहल गर्न समिति गएका एक विद्यार्थीमाथि हत्या प्रयास भएको छ । काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ रबि ओपीका उमेश कोइरालामाथि बिहिबार बेलुका बनेपामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको हो ।  

कोइरालाले काभ्रेको बनेपा-रबिओपी सडकखण्डमा बिशेषगरि बिहान बेलुका जोखिमपूर्ण यात्रा गर्नु परेको, बसमा १ सय २० जनासम्म राख्ने गरेको, ढोकामा झुन्डिएर, छतमा तथा छतको भर्यांगमा झुन्डिएर यात्रा गर्नु परेको, महिलामाथि दुर्व्यवहार समेत हुने गरेको समस्या देखाउदै स्थानीय २०० जनाको हस्ताक्षर सहित समितिमा गाडी थप्न निवेदन दिएका थिए  ।  

पटक पटक सम्पर्क गर्दा पनि समितिले चासो नदिएपछि उनले स्थानीय, समिति, बस ब्यबसायी सम्मिलित सर्बपक्षिय वार्ताको लागि पहल गर्ने सोच गरे । जस अनुसार १० गते छलफल पनि भयो। उनी भन्छन् ' अखिल रबिओपी भूगोल कमिटिको संयोजकको हैसियतले मैले फागुन १५ मा निवेदन दिएको थिए, पछि सर्बपक्षिय वार्ता पनि भयो । वार्तामा पनि विवाद भयो, ८  र ९  गते पनि विवाद भएको थियो , १० गते म माथि आक्रमण भयो' ।

पेशाले विद्यार्थी उनी भर्खर २० बर्षका भए ।फागुन १० गते स्नातक तह दोस्रो बर्षको प्रि बोर्ड परिक्षा दिन काठमाडौँ आएका थिए । आफ्नो परीक्षा परेकाले छलफलमा सहभागी हुन् नसक्ने बताएर उनले छलफलको जिम्मा अखिलका जिल्ला इन्चार्जहरुलाई दिएका थिए ।

घटना भएको दिन यसरी सम्झिए उनले 

'परीक्षा सकेर बनेपा फर्कदै थिए, बसको सिटमा संगै बसेका एक जनाले परिचयात्मक कुराकानी थाले । कहाँ बस्छौ, के गर्छौ सोधे, मैले पनि बताए । रबि ओपी बस्ने बताएपछि उनले त्यहाको गाडीको बिषयमा समितिमा विवाद रहेछ, केहि थाहा छ भनेर प्रश्न गरे । जोखिमपूर्ण यात्रा गर्नु पर्दा दुर्घटना हुन् सक्छ, सोहीकारण बिहान र बेलुका गाडी थप्नको लागि पहल गरेको हुँ । कुरा हुदै छ भने । पछि बसमा म निदाएछु । बनेपाको चारदोबाटो ओर्लदा त्यही कुरा गरेको मानिस पनि त्यहि ओर्लिएको रहेछ । चारदोबाटो मै एकजना दाइको पसल छ । दाइ पनि वार्तामा जानु भएको  थियो । के कुरा भयो भनेर बुझ्न पसलमा गए तर पसल बन्द भई सकेको रहेछ । अनि म खाजा खाएर र घर तिर जान लागे । 

खाजा खाएर अलिकति मात्र हिडेको थिएं, बनेपाको घोकेचौरको ओरालोमा मेरो अगाडी ३ ओटा बाइक आएर रोकियो । धारिलो हतियार बोकेका थिए । ८ बज्नै लागेको थियो, अध्याँरो थियो, धेरै देखिन्न थियो , सबैले मास्क लगाएका थिए । 'यहि हो नेता बनेर गाडी थप्न खोज्ने, यसलाई छातीमा रोप' भन्दै म माथि धारिलो हतियार प्रहार गर्न थाले । प्रतिकार गरेर एक जनालाई लडाएपछी भाग्न खोजे तर अरु आएर रोके । अगाडी पछाडीबाट हान्न थाले । पछि बेहोस भएर ढलेछु, उनीहरु भागेछन् । पछि त्यहाका स्थानियलले प्रहरीलाई खबर गरेछन् र मलाई अस्पताल लगिएछ ।'

उनको टाउको र छातीमा चोट लागेको छ । जाडो समय भएको र  टन्न लुगा लगएको   कारण छातीको चोट धेरै गहिरो हुन् नपाएको उनी बताउछन् । पछाडी झोला भिरेका कारणपनि ढाडमा धेरै चोट लाग्न नपाएको उनको बुझाई छ । प्रहरीले शीर मेमोरियल अस्पताल पुर्याएको उनलाई त्यहाँ उपचार हुन् सम्भव नहुने बताएको अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो । अन्नपूर्णको आईसियुमा उपचार पश्चात उनी घर फर्केका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा त्यहि रुटमा चल्ने बसका चालक र सहचालकलाई पक्राउ गरेको छ । कोइरालाका अनुसार ति दुवैले थर्काउने र धम्क्याउने गर्दै आएका थिए ।

अझै पनि त्यस रुटमा बस ब्यबसायीले गाडी थप्न आनाकानी गरिरहेका छन् । एकै गाडीमा १२० जनासम्म यात्रा गराउंदा उनीहरुलाई एकै पटक धेरै फाइदा हुने र गाडी थप्दा त्यो फाइदा २ वटा गाडीमा बाडिने डरले ब्यबसायीले गाडी थप्न नमानेको कोइरालाको बुझाई छ । 

बस ब्यबसायीको दादागिरीको कारण काभ्रेको विभिन्न ग्रामिण भेगका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । केहि महिना अघि मात्र काभ्रेको बिर्तादेउरालीमा बस दुर्घटना हुँदा २७ जना बढीको मृत्यु भएको थियो  । त्यस्तै रबिओपी सडक खण्डमा पनि ५ बर्ष अगाडी बस दुर्घटनामा ठुलो धनजनको क्षति भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved