नेरुदी लघुवित्तको ५० प्रतिशत हकप्रद आजदेखि, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 27, 2017 | 09:53:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुदी लघुवित्त विकास बैंक लिमिटेडले आज चैत्र १४ देखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले २:१ को अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । लगानीकर्ता बैशाकः १७ सम्म हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले १०० रुपियाँ अंकित ९ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । हक्प्रद्को लागि बुक क्लोज फागुन ३० मा गरिएको थियो ।  फागुन २६ गतेसम्म कायम शेयरधनिले हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनसीएम मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

इच्छुक लगानीकर्ताले  एनसीएम मर्चेन्ट बैंकिंगको कार्यालय कमलपोखरी, नेरुदीको कार्यालय हरु बिराटनगर र मोरंगका साथै साथै दुवैको वेबसाइट आवेदन लिन सक्ने छन् ।  

कम्पनीको चैत्र ३१ मा हुन् लागेको बार्शिक्ल साधारण सभाले २० प्रतिशत बोनस प्रस्ताव पारित गर्ने छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पुंजी ३० करोड नाघ्ने छ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६५ लाख खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved