नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बोनस प्रस्ताव पारित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 02:11:13 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्दै नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ। इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि १.३२  प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । उक्त बोनस गत फागुन २७ गतेसम्ममा सेयर किनेका र एफपीओ खरिद गरेका लगानीकर्ताले समेत पाउने छन् । 

केही समय अघि मात्र झण्डै ३०  लाख ९६ हजार कित्ता थप नयाँ सेयर (एफपीओ) निष्काशन गरेको थियो । एफपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको  २५ प्रतिशतले हुने ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ नगद लाभांस वितरण गर्ने भएको हो ।

हाल कम्पनीको चुक्ता पुंजी दुई अर्ब ४७ करोड ७१ लाख रहेकोमा बोनस बितरणपछि चुक्ता पूँजी तीन अर्ब नौ करोड ६४ लाख रुपैंया पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved