गरिमा बिकास बैंकको हकप्रद बिक्रि खुला, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 06, 2017 | 01:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकले बैशाख १४ गते देखि हकप्रद बिक्रि गर्ने भएको छ ।  बैंकले १०:७ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पुंजीको ७० प्रतिशत हकप्रद निष्काशन अरन लागेको हो । हकप्रद भर्ने अन्तिम मिति जेठ १७ गते रहेको छ । 

हकप्रद निष्काशनका लागि बैंकले चैत ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। अर्थात् चैत २९ सम्म  कायम सेयरधनीहरुले मात्रै गरिमाको हकप्रद भर्न पाउने छन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एस क्यापिटल रहेको छ।

इच्छुक लगानीकर्ताले एस क्यापिटलको कार्यालय लाल दरबार, काठमाडौँ साथै, एस डेभलपमेन्ट बैंकका शाखाहरु, गरिमा विकास बैंकका शाखा हरु, महालक्ष्मी विकास बैंकका शाखाहरु र एक्सेल डेभलपमेन्टका शाखाहरुबाट आवेदन दिन सक्ने छन्  ।

 राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो। हाल बैंकको चुक्ता पुंजी १ अर्ब २९ करोड रहेको छ। ७० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved