यी नम्बरबाट फोन आयो ? ख्याल गर्नुस् तपाईंको ब्यालेन्स स्वाट्टै काटीएला!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 08:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यता नचिनेको नम्बरबाट मिसकल आउने र त्यसमा कल ब्याक गर्दा धेरै रुपैयाँ काटिने गरेको प्रति दुरसंचार सेवाप्रदायक कम्पनीहरुले ग्राहकहरुलाई सचेत रहन आग्रह गरेका छन। 

अधिकांश ग्राहकहरुलाई बिदेशी नम्बरबाट मिस्कल आउने र उक्त नम्बरबाट कल ब्याक गर्दा धेरै रुपैयाँ काटिने गरेको गुनासो बढेको छ। केही दिन यता टिउनिसियाको नम्बर देखाउने +२१६-९८०९०४२७ जस्ता नम्बरबाट मोबाइल प्रयोगकर्ताहरुलाई मिसकल आउने गरेको छ। 

यस्ता नम्बरबाट आउने मिसकल स्क्याम ब्लफ कल हुनसक्नेभन्दै नचिनेका नम्बरमा कलब्याक नर्ग एनसेलले गएको मंगलबार नै सुचना जारी गरेको थियो। 
 
+४८, +९२ लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिस्डकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरीत गर्ने खालको गतिविधि भएको पाईएको र यस्ता फ्रड मिस्डकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकोले यस्ता अन्तर्राष्ट्रिय नम्बरबाट मिस्डकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी मात्र कल ब्याक गर्नेरनगर्ने निर्णय लिनु हुन अनुरोध छ’ एनसेलको सुचनामा भनिएको छ।

त्यस्तै +२१ लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरहरुबाट आउने मिसकलको सहयोगबाट ठगीधन्दा गर्नेहरुको बिगबिगी बढेको बताइएको छ। नेपाल टेलिकमले यस विषयमा अध्ययन भइरहेको बताएको छ ।

पोष्टपेड मोबाइल नम्बरबाट सामान्यतय यस्ता बिदेशी नम्बरमा कल ब्याक नहुने हुँदा यसबाट प्रिपेड मोबाइल नम्बर प्रयोगकर्ता बढी पिडित भएका छन। यस्ता विभिन्न अन्तर्राष्ट्रिय नम्बरहरुबाट आउने फोन उठाउँदा पैसा नकाट्ने भएपनि कल ब्याक गर्दा पनि जानेर बुझेर र यकिन भएर मात्र कल ब्याक गर्न सेवाप्रदायक कम्पनीहरुले ग्राहकहरुलाई आग्रह गरेका छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved