४० प्रतिशत हकप्रद बेच्दा कसरि पुग्छ सिभिल बैंकको चुक्ता पुंजी ८ अर्ब ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 09, 2017 | 02:14:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सिभिल बैंकले पनि अन्य बैंकले झैँ हकप्रदको सहारा लिने निश्चित छ। युनिक फाइनान्स र हामा मर्चेन्टलाई गाभ्ने प्रकियामा रहेको सिभिल बैंकले २० प्रतिशत हकप्रद बिक्रि गर्ने नेप्से मार्फत औपचारिक घोषणा गरेपनि यसमा परिमार्जन हुन सक्ने जनाइएको छ। 

टेबुलमा हेर्नुहोस:

आइएलएफसीसंगको मर्जर पश्चात गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २ दशमलब ८८ प्रतिशत बोनस सेयर घोषणा गरेको बैंकले हाम र युनिक फाइनान्सलाई प्राप्ति पश्चात यस अघि घोषणा गरेको २० प्रतिशत हकप्रदलाई परिमार्जन गरि ४० प्रतिशत हकप्रद बिक्रि गर्ने सम्भावना रहेको बताइएको छ। 

आइएलएफसीसंगको मर्जरबाट प्राप्त स्वाप ५० करोड ७७ लाख ७३ हजार १४ र यस बर्ष आइएफएफसीको रिजर्भमा रहेको २३ करोड १५ लाख २० हजार ६ सय ४१ रुपैयाँ जगेडा कोषमा राख्न राष्ट्र बैंकले बैंकलाई निर्देशन दिएको छ। हामा र युनिक फाइनान्सलाई प्राप्तिबाट प्राप्त रकम समेत जोड्दा बैंकको रिजर्भमा ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ। उक्त रकम बैंकले अर्को बर्ष बोनस सेयर दिन प्रयोग गर्ने छ। 

हामा र युनिक फाइनान्सलाई प्राप्ती पश्चात बैंकको चुक्ता पुंजी ५ अर्ब १४ करोड पुग्ने छ। बैंकले उक्त पुंजीको ४० प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब २० करोड हाराहारी पुग्ने छ। 

१२ प्रतिशत भन्दा बढी बोनस सेयर दिएर २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंक सक्षम हुने देखिन्छ। बिजपाटीलाई प्राप्त जानकारी अनुसार बैंकले साधारणसभाका लागि छिट्टै बुक क्लोजको सूचना प्रकाशित गर्ने तयारि गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved