'तिमीदेखि टाढा हुन्न यो जुनीमा...'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2016 | 06:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गीतकार टीएन रेग्मीको 'यादै नआए तिम्रो..' बोलको गीतको छायाङ्कन सम्पन्न भएको छ । सुमिना लोको स्वर रहेको गीतमा प्रकाश नेपालीले सङ्गीत र सञ्जय हमालले संगीत संयोजन गरेका छन् । 

उक्त गीत गायक मदन सेन्चुरीको स्वरमा समेत रेकर्ड गरिएको छ ।रबिन्द्र बरालले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिको अनुपस्थितिमा प्रेमिकाले व्यक्त गरेका भावनाहरुलाई समेटिएको छ । भिडियोमा नायिका रिश्ता बस्नेत, अमृत रिमाल र किरण बरालले अभिनय गरेका छन् ।

प्रकाश नेपालीको संगीतमा एकल गिति एल्बम प्रकाशनको तयारी अन्तिम चरणमा रहेको रेग्मीको भनाइ छ । उनको ‘माया मैले तिमीलाई’ बोलको गीत यसअघि विन्ध्यवासिनी म्युजिक प्रालिबाट सार्वजनिक भइसकेको छ ।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved