तीज गीत: 'जति शंका गरे नि मेरै बुढो काइदा' (हेर्नुस भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 05:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राय तीज गीतमा बुढोले माईत जान दिएन, यस्तो गरेन, उस्तो गरेन, यस्तो ल्याइदिएन उस्तो ल्याइदिएन भन्ने गुनासाका शव्द मात्र सुन्न पाइन्थ्यो तर, यस पटकको तीजमा भने श्रीमान श्रीमती बिचको माया र प्रेम अत्यन्तै गाढा हुनुपर्छ र एक अर्कामा विश्वास राख्नु पर्छ भन्ने सन्देश मुलक गीत लिएर आएका छन गायक दिपक अर्याल र गायिका मुना थापा ।

सुखी परिवार हुनका लागि एक अर्कामा सहयोगको भावना हुनुपर्छ, समाजमा शंकाहरु पनि हुन्छन तर ती शंकालाई निवारण गर्दै श्रीमान श्रीमती खुसीसाथ बसेर परिवार अनि समाजलाई नै सुखमय बनाउनु पर्छ भन्ने मुल भाव बोकेको यस गीतलाई शिव हमालले शव्द रचना गरेका हुन् ।

तीज गीतमा विकृतीको बाढी आइरहेको सबैतिरबाट आलोचना भइरहँदा यो गीत भने मौलिकता सँगसँगै सन्देशमुलक बनेको छ । तीज पर्व महिलाको मात्र हैन तीज पर्वमा महिलासँगै पुरुषको उपस्थिति पनि उतिकै सान्दर्भिक छ भन्ने सन्देश पनि उक्त गीतले दिन खोजेको छ । उक्त गीतलाई हालसालै युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

म्यूजिक नेपालमार्फत सार्वजनिक गरिएको उक्त गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको छ भने गीतको म्यूजिक भिडियोको निर्देशन शिव शिव बिकले गरेका छन् । म्यूजिक भिडियोमा चर्चित नायिका रिस्ता बस्नेतको साथमा नायक प्रविण केसीको जोडदार अभिनय देख्न सकिन्छ ।

थुप्रै तीज गीतहरुको भिडमा एउटा राम्रो र उत्कृष्ट गीत आफूहरुले दर्शक स्रोतालाई पस्केको गायक दिपक अर्याल बताउदछन, यसैगरी गायिका मुना थापा पनि आफूले गाएका थुप्रै तीज गीत हरु मध्येमा यो गीत उत्कृष्ट बन्नेमा बिश्वस्त छिन । भिडियो हेर्नुस

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved