झन्डै ९ करोड मुनाफा रहेको सिर्जना फाइनान्सको शेयर मूल्य ७१ रुपैयाँ, ७ गुणा बढाउन पत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 07:28:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स वित्तीय संस्थाले शेयर मुल्य बढाउनका लागी नेपाल स्टक एक्सचेन्जसंग आग्रह गरेको छ। बजारमा कारोबारमा आएको शेयर मूल्य अत्यन्त न्युन भएको भन्दै यसको मूल्य बढाउन पत्र लेखेर नै फाइनान्सले आग्रह गरेको हो। 

बजारमा प्रति कित्ता शेयर मूल्य ७१ रुपैयाँ रहेको र यसको कारोबार शुन्यको स्थितिमा रहेकाले कारोबार गराउनका लागी शेयर मुल्य परिमार्जन गर्नु पर्ने पत्रमा उल्लेख छ। संस्थाको वित्तीय परिसूचक अनुकुल रहेकाले फाइनान्सको वास्तविक शेयर मूल्य कायम गरिदिन फाइनान्सले आग्रह गरेको हो। 

शेयरमूल्य परिमार्जनका लागी नेटवर्थको न्यूनतम तिनगुणा देखि ५ गुणासम्म कायम गर्ने प्रचलन रहेको दलिल पेश गर्दै कम्पन्नीले यहि आधारमा मूल्य तय गर्न नेप्सेसंग आग्रह गरेको छ ।

कम्पनीले २०७३ असार मसान्तको वित्तीय विवरण पेश गरेको छ। प्रकाशित वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी २० करोड १६ लाख रुपैयाँ,  शेयर प्रिमियम १ करोड, जगेडा कोष २ करोड ६३ लाख रुपैयाँ ८० हजार, सञ्चित मुनाफा ३ करोड ४८ लाख र नाफा ८ करोड ९६ लाख रुपैयाँ उल्लेख छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved