मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको हो ः महरा

रासस

रासस

Jun 16, 2017 | 07:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताएका छन् ।


नेकपा माओवादी केन्द्रले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिएका हुन् । 


स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गरेका छन्। उनले मधेस केन्द्रित दललाई पनि सहमतिमा लिएर मुलुकलाई समाधान दिनका लागि २ नं प्रदेशको निर्वाचन सारिएको स्पष्ट गरे। “निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले त्यति ठूलो बनाउनु हुँदैन”, उनले भने, “सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले० र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।” 

परराष्ट्रमन्त्री महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिए । रासस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved