अल्ट्रा धावक सञ्जय पण्डितको पर्वतारोहणका क्रममा अमेरिकामा निधन

रासस

रासस

Jun 18, 2017 | 09:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । 

प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी होमप्रसाद लम्सालले जानकारी गराए । 

कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो । पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसकेका छन् । उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गरिसकेका छन् । रासस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved