छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

रासस

रासस

Jun 19, 2017 | 05:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी हत्या गरिएकामा आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेकी छिन् । 

माओवादीले वडाध्यक्षका उम्मेदवार भोटेको हत्या नेकपा एमालेका कार्यकर्ताले गरेको आरोप लगाएको छ । प्रवक्ता भुसालले घटनाको भत्र्सना गर्दै हत्याराको अविलम्ब खोजी गरी कडा कारबाहीका लागि सरकारसँग माग गरेक छन्। प्रवक्ता भुसालले निर्वाचनको प्रक्रियामा उम्मेदवार तथा मतदाताको पूर्ण सुरक्षाको वातावरण सुनिश्चित गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् । रासस

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved