सिइडिबी हाइड्रोले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2016 | 08:25:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सीईडीबि हाइड्रोले १००:३० अर्थात ३० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। साउन २८ गते बसेको संचालक समितीको बैठकले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद दिने निर्णय गरेको हो। 

इच्छुक शेयरधनीहरुले भदौ १८ देखि असोज २१ सम्म हकप्रदका लागी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। शेयरधनीले हकप्रदका लागी दरखास्त फाराम सिइडिबी हाइड्रो फन्डको कार्यालयबाट प्राप्त गरी त्यहि बुझाउन सक्ने कम्पनीले जनाएको छ। 

साथै दरखास्त फारम कम्पनीको वेभ पेज http://www.chf.com.np बाट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले दिएको जानकारी अनुसार भरेको आवेदन फारम र बैंक भौचरको स्क्यान कपी कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन सक्ने छन। इच्छुक शेयरधनीले आफ्नो हक वा सो भन्दा बढीका लागी आवेदन दिन पाउने कम्पनीले जनाएको छ। 
 
हकप्रद भर्ने लगानीकर्ताले काठमान्डौ थापाथली कार्यालयको एनएमबी बैंकको खाता नम्बर ०६६००३००३४०५७७०००००१ मा रकम जम्मा गर्नु पर्ने कम्पनीले जनाएको छ । 

साथै कम्पनीले १७ लाख ६१ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले ५ मेगावाटको रुकुमगढ जलविद्युत आयोजनाबाट उत्पादीत बिद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिरकणसँग सम्झौता समेत गरिसकेको बताइएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved