यस्तो छ सम्बन्धको कथा बोल्ने गाँठोको ट्रेलर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2016 | 05:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्बन्धको कथा बोकेको गाँठोको ट्रेलर सार्वजनिक भएको छ।  बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा सुरज भुषाल निर्देशित चलचित्र गाँठोमा नाजिर हुसेन फरक गेटअफ तथा फरक अभिनयमा देखिएका छन् । 

पृथक बिषय बस्तु बोकेको गाँठो भाद्र ३१ गते प्रदर्शनमा आउंदै छ। चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र निर्देशक सुरज भुषालको लगानी रहेको छ । 

चलचित्रमा अनुपम शर्माको संगीत र नरेन्द्र मैनालीको छायांकन देख्न सकिन्छ ।यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन निर्देशन गरेका भुषालले यो चलचित्रबाट नम्रता श्रेष्ठलाई डेब्यु गराएका छन्। 

यसअघि नै सार्वजनिक भएका गाँठोका गित र टिजरले दर्शकको मन जितिसकेको छ। मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालद्वारा निर्देशित गाँठोले पनि दर्शकको मन जित्ने पक्का पक्कि रहेको छ। 

चलचित्रमा सम्बन्धको कथा सहित दर्शकले पश्चिम नेपालका पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको सुन्दर दृश्यबाट समेत मनोरंजन लिन सक्ने छन। 

 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved