'नाडा अटो शो' भदौ १४ देखि, ७४ कम्पनीका  १ सय २५ स्टल रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 07:39:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधन बिशेष मेला 'नाडा अटो शो' भदौं १४ देखि १९ सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। सवारी साधनमा पछिल्लो समय भएका विकासबारे जानकारी गराउने प्रमुख उदेश्यले उक्त अटो शो आयोजना गर्न लागिएको नेपाल अटो मोवाइल डिलर्स एसोसिएसनले जनाएको छ। 

नाडाका अटो शो संयोजक शम्भुप्रसाद दाहालले फोर्ड, होन्डा, हुन्डाई, महिन्द्रा, निसान, टोयोटा लगायतका १६ वटा ब्राण्डका चार पाङ्ग्रे, बजाज, बेला, हिरो, होन्डा, टिभीएस् लगायतका १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र अशोक लेल्याण्ड, एस्कर्टस्, महिन्द्रा लगायतका ५ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिए। 

नाडाले ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिसँग सहकार्य गरी अटो शो गर्न लागेको जनाएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालको आयोजना र सर्भो लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ। 

अटो शोमा सवारी साधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, बैंक तथा वित्त कम्पनीको गरी ७४ वटा कम्पनीका  १ सय २५ वटा स्टल रहने बताइएको छ।  ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ। 

  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved