जनता बैंकको तर्फबाट बाढी पहिरो प्रभावितलाई २५ लाख हस्तान्तरण, कर्मचारीले दिए १ दिनको तलव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 03:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले प्रधानमन्त्री  दैविविपत्ति राहतकोषमा २५ लाख रुपियाँ सहयोग गरेको छ  । बैंकका अध्यक्ष केशबवहादुर रायमाझीले प्रधानमन्त्री   शेरवहादुर देउवालाई आज उक्त रकम हस्तान्तरण गरेका हुन् । 

गत साउन महिनामा भएको भारी बर्षाको कारण मुलुकको बिभिन्न भुभागमा बाढी तथा पहिरोको प्रकोपबाट पिडित जनतालाई राहत र पुनस्र्थापनामा सहयोग÷सहकार्य गर्नु मानविय कर्तब्य र सामाजिक उत्तर दायित्व महसुस गरी  २५ लाख रुपैयाँ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराउने निर्णय अनुसार आज उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त सहयोग रकम बैंकका कर्मचारीहरुले आ–आफ्नो एक दिनको पारिश्रमिक, बैंकका संचालकहरुले जनही रु. १० हजार तथा बैंकका तर्फबाट समेत गरी एकमुष्ठ प्रधानमन्त्री दैविविपत्ति राहतकोषमा सहयोग उपलब्ध गराइएको हो । बैंकले यो सानो सहयोगले केहि मात्रामाभएपनि राहतकार्यमा सघाउपुग्ने बिश्वास राखेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved