प्रदेश ३ सरकारले माघ २२ गते सार्बजनिक विदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । तामाङ समुदायले मनाउने यस पर्वका दिन सार्वजनिक विदा दिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि प्रदेश सरकारले माघ १६ गते शहीद दिवसको अवसरमा पनि सार्वजनिक विदा दिएको थियो ।