'सरकारी जग्गा प्रकरणमा दोषी भए दण्ड भोग्न तयार छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 06:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी जग्गा प्रकरणमा आफु दोषी देखिए कारबाही भोग्न तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका हुन्  । 

डा भट्टराईले आफु बाहेक जो कोहि व्यक्ति पनि यसमा संलग्न भए सजायको भागिदार हुनु पर्ने बताएका हुन् । अहिले सजाय भए भबिष्यमा यस्ता गल्ति नदोहोरिने भन्दै डा भट्टराईले सबैले दण्ड भोग्नु पर्ने बताएका हुन् ।  

उनले यस बिषयमा गम्भीरतापूर्वक छानबिन गर्न पनि माग गरेका छन् ।  उनले भने 'एक अर्कालाई आरोप प्रत्यारोप गर्ने हो भने यो समस्या बल्झेर आइरहन्छ, यसको गम्भीर छानविन गरौ' । उनले ललिता निवासको जग्गाको प्रकरणमा मात्र नभई  वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटलको बिषयमा पनि  भ्रष्टाचारको जरासम्म पुगेर छानविन गर्न प्रस्ताव गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved