सरकारलाई कमजोर बनाउन महासचिवमाथि प्रहारः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 03:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपाको संसदीय दलको बैठकमा मंगलबार ओलीले बालुवाटार जग्गाका विषयमा पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि प्रहार भएको बताए । 

प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले भने उनको बचाए गरेका हुन् । ‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन । राजाको शासनको बेला । निरंकुशता भएको बेला किन्नुभएको हो,’ ओलीले भने । 

‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ अध्यक्ष ओलीले भने, ‘महासचिवलाई लान्छना लगाउने काम भयो ।’ सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँने बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved