उद्योग बाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षबाट मजदुर दिवसको शुभकामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 10:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले अन्तराष्ट्रिय मजुदर दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन। महासंघ अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले नेपालको दीगो आर्थिक विकास र औद्योगिक शान्तिको लक्ष्य प्राप्तिका लागि यो दिवसले सबैलाई थप उत्प्रेरित गर्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेका छन।      

'श्रम र पूँजीको उच्चतम परिचालनबाट मात्र अपेक्षा गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले मूर्तरूप लिन सक्दछ भन्ने वास्तविकतालाई मनन गरी थप समझदारी र सहयोगका साथ काम गर्नु पर्ने कुरामा जोड दिन चाहान्छु' अध्यक्ष राणाको शुभकामना संदेशमा उल्लेख छ। 

त्यस्तै उपाध्यक्ष तथा रोजगार परिषदका सभापति ढकालले दैनिक जसो ठूलो संख्यामा यूवाजन शक्ति रोजगारीको लागि विदेशिन परिरहेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती आफुहरुमाझ रहेको भन्दै उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन रोजगारदाता र ट्रेड यूनियन बीच थप समझदारी र सहकार्यले विशेष महत्व राखे बताएका छन।

आपसी छलफल र संवादका माध्यमबाट श्रम सम्बन्धी समस्याको समाधान गर्दै दीगो औद्योगिक शान्ति स्थापना गर्न बल पुग्ने विश्वास ढकालले व्यक्त गरेका छन। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved