प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडिया भ्रमण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 05:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

भ्रमणमा पछिल्लो ३० वर्षयता भियतनामले गरेको तीव्र आर्थिक प्रगतिसम्बन्धी अध्ययन गर्ने र बुद्ध जयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ । भियतनामसँगको सम्बन्धपछि नेपालमा पर्यटन क्षेत्र फस्टाउने सरकारको अपेक्षा छ ।

प्रधानमन्त्रीले भियतनामबाटै बैशाख ३० मा कम्बोडिया भ्रमण गर्ने छन् । कम्बोडियामा दुई पक्षबीच भेटघाट हुनेछ । भ्रमण सकेर प्रधानमन्त्री जेठ १ गते स्वदेश फर्कने छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved