उपत्यकाका यी रुटमा सवारी आवागमन प्रभावित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 02:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिका कारण आज उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । राष्ट्रपति लगायतका  उच्चविशिष्ट व्यक्तित्वहरु  आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर जाने कार्यक्रम रहेको हुदा सवारी आवागमन प्रभावित हुने भएको हो   ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज दिउँसो ३:३० बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरु प्रभावित हुने छन्  । यो रुटमा चल्ने सवारीलाई बैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ  । बैकल्पिक बाटोको रुपमा महाशाखाले महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न आग्रह गरेको हो । 

महाशाखाले बैकल्पिक बाटो प्रयोग गरी  ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गर्न अपिल गरेको छ  । साथै  बिस्तृत जानकारीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं. १०३ मा सम्पर्क गर्न हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

नेपाल सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति लगायतका विशिष्टहरु संसद भवन नयाँ बानेश्वर जाने भएका हुन्  । राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छिन्  । साथै राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिसकेर शीतलनिवास फर्कदा पनि उल्लेखित रुटमा सवारी आवागमन बन्द हुने छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved