नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 12:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कायर्क्रम पह गरेकी थिइन् ।

आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमा छलफल हुनेछ । सदनमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली काङ्ग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत २३ जना, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

हेर्नुस लाइभ : 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved