ललितपुरमा रिजर्भ ट्यांकी बनाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 05:51:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले पानी जम्मा गर्ने ‘रिजर्भ टयांकी’ निर्माण गर्ने भएको छ । आगलागीबाट हुने आपत्कालीन अवस्था टार्न वडा नं १२ मङ्गलबजारमा पानी जम्मा गर्ने रिजर्भ टयांकी निर्माण गर्न लागेको हो । 

काठमाडौँ उपत्यकामा कतै आगलागि हुँदा आबश्यक पर्ने पानीको समस्या समाधान गर्न यो योजना अगाडि बढाइएको हो । उपत्यकाभरका जनताले आपत्कालीन अवस्थामा उक्त ट्यांकीबाट पानीको उपभोग गर्ने सुविधा पाउनेछन् । 

महानगरपालिकाले विपत् व्यवस्थापन कोषमा छुट्टाएको १० करोड रकमबाट ७० देखि ७५ लाखमा यो योजना निर्माण गर्न लागिएको हो । ट्यांकी २५ हजार लिटर पानी अटाउने क्षमताको हुनेछ । ट्यांकी निर्माणको आबश्यक तयारि पुरा भइसकेकाले १५ दिन भित्र काम अघि बढाउने ललितपुर – १२ का वडाध्यक्ष नारायणलाल अवालले जानकारी दिए।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved