बहालवाला मन्त्रीबाटै टुक्रे योजनामा जोडबल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 10:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रले ल्याउने संघीय बजेटको मर्म बिपरित नेकपाकै बहालवाला मन्त्रीले टुक्रे योजनाको लागि राष्ट्रिय योजना आयोगमा पत्र लेखेको पाइएको छ। केन्द्रले ठुला लगानीका परियोजनाहरुमा मात्र बजेट छुट्याउने नीति लिएपनि बिगतकै अभ्यासलाई निरन्तरता दिंदै बहालवाला मन्त्रीबाट नै टुक्रे आयोजनालाई बजेट छुट्याउन भन्दै आयोगमा पत्र पुगेको हो। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले केन्द्रले ल्याउने संघीय बजेटमा टुक्रे आयोजनालाई प्राथमिकता नदिने बताएपनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री यममाया थापाले ५० लाख रुपैयाँको आयोजनालाई बजेट छुट्याउन भन्दै आयोगमा पत्र बुझाएकी छन। 

राष्ट्रिय योजना आयोगलाई म्याग्दीका बिभिन्न योजना तथा परियोजनालाई समाबेश गरिदिन भन्दै लेखेको पत्रमा मन्त्री थापाले म्यादीको रघुगंगा गाउँपालिका वडा ७ स्थति चीमखोला मोटरेबल पुलको लागि ५० लाख छुट्याउन प्रस्ताब गरेकी छन।

केन्द्रले बजेट बनाएपछि त्यसको आधारमा प्रदेश र स्थानीय तहले आ आफ्नो बजेट बनाउने अभ्यास छ। साना तथा टुक्रे आयोजना स्थानीय तहले बनाउने गर्छन भने मझौला शैलीका आयोजनाका लागि प्रदेशले बजेट निर्माण गर्नेगर्छन। तर संघिय अभ्यासमा पनि बिगतमा जस्तै टुक्रे आयोजनालाई बजेटमा समाबेश गरिदिन भन्दै पत्र लेखिने गरेको योजना आयोगका अधिकारीहरुको भनाई छ।  


    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved