नव गठित समाजवादी पार्टीको पदाधिकारीमा मुख्यमन्त्रीदेखि सरकारका मन्त्रीसम्म (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 03:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपालको घोषणा भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र वहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरमबीच आज एकता घोषणा भएको हो  । 

 सत्तारुढ नेकपामा जस्तै भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । 

नवगठित पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुतिक निर्वाचन प्रणालीको अवधारणा अघि सारेको छ ।त्यस्तै संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने एजेन्डा पनि पार्टीले अगाडी सारेको छ ।

  प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई मात्रै सांसद छन् । एकता पनि बनेको समाजवादी पार्टी नेपालको १७ सांसद भएका छन् । संसदमा राजपाको पनि समान १७ सिट नै छ । एकता संगै राजपा र समाजवादी पार्टी नेपालको सिट संख्याको आधारमा समान हैसियत कायम हुने भएको छ । 

यी हुन् नयाँ पार्टीका पदाधिकारी : 

संघीय परिषद अध्यक्ष- बाबुराम भट्टराई 

केन्द्रीय समिति अध्यक्ष-उपेन्द्र यादव

बरिष्ठ नेता- अशोककुमार राई

सहअध्यक्ष-  राजेन्द्र श्रेष्ठ

उपाध्यक्षहरू-नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत (प्रदेश २ का मुख्यमन्त्री), हिसिला यमी, हेमराज राई

महासचिवहरू : गंगानारायण श्रेष्ठ, रणध्वज कंदम्बा, रामसाय प्रसाद यादव

उपमहासचिव: डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी

सचिवहरू: मोहम्मद इस्तियाक राई (शहरी विकास मन्त्री), दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह

कोषाध्यक्ष: विजयकुमार यादव

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved