दुई तिहाईको सरकारलाई विदेशीले मात्र होइन स्वदेशीले पनि ऋण पत्याएनन

विजय पराजुली

विजय पराजुली

Jun 03, 2019 | 11:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारलाई मित्रराष्ट्र र दात्री दातृ निकायले दिने अनुदान सहायता र ऋण दुवै घटेको अवस्थामा स्वदेश भित्रबाट दीने ऋण उठाउन समेत हम्मे हम्मे परेको छ। 


गत आर्थिक वर्षको ८ महिना अर्थात फागुन महिनासम्म १ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो। जसमा अनुदान र ऋणको अनुपात २९ दशमलव ९ र ७० दशमलव १ प्रतिशत थियो । 

तर यो आर्थिक वर्षको फागुनसम्म जम्मा ५० अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको छ । यसमा अनुदान र ऋणको अनुपात १४ दशमलव ८ र  ८५ दशमलव २ प्रतिशत छ। वैदेशिक अनुदान र ऋणको उपयोग गत बर्षको ८ महिनाको तुलनामा  झण्डै ८१ अर्बले कमी हो । 

बैंकिङ क्षेत्रमा तरलता अभाव हुुँदा सरकारलाई आन्तरीक ऋण उठाउन मुस्कील परेको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरीक ऋण उठाउने लक्ष्य लिएकोमा सरकारलाई आन्तरीक ऋण उठाउन मुस्कीले पर्ने देखीएको छ । आर्थिक वर्ष सकीन ४० दिन बाँकी रहँदा ५३ अर्ब मात्र आन्तरीक ऋण उठाएको छ । 

चालु आर्थिक वर्षको जेठ १५ गते सम्म नेपाल राष्ट्र बैंकले ८६ अर्ब बराबरको ऋणपत्र अक्सनको लागि खुल्ला गरेकोमा ५३ अर्ब ३८ करोडको मात्र विक्रि भएको हो । बैंकिङ क्षेत्रमा भएको तरलताको अभावले गर्दा वित्तीय संस्थाहरु सरकारको ऋणपत्रमा लगानी गर्न नसकीएको बैंकरहरु बताउँछन् । सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको र त्यसको प्रभाव स्वरुप सरकाले आन्तरीक ऋण उठाउन नसक्ने अवस्था आएका् विज्ञहरु बताउँछन् । 

चालु आर्थिक वर्षको लागि बैशाख ३१ गतेबाट मात्र ऋणपत्र निष्कासन सुरु गरेको राष्ट्र बैंकले जेठ १५ गते सम्म आउँदा १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको १८२ दिने, ४ अर्ब ५८ करोड रुपैयाँको ३६४ दिनको गरी ६ अर्ब ४३ करोड ५० लाखको ट्रेजरी विल विक्रि गरेको छ ।  त्यस्तै सोही अवधिमा ४६ अर्ब ९७ करोड ७० लाख बराबरको विकास ऋणपत्र पनि विक्रि गरेको छ । 

राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र र ट्रेजरी विलमा न्यून मात्र आवेदन परेको  छ । बैशाख ३१ गते १२ अर्वको ट्रजरी विलको लागि आवेदन माग गरेकोमा  २ अर्ब ८ करोडको मात्र आवेदन परेको थियो । त्यस्तै राष्ट्र बैंकले जेठ १ गते ८ अर्बको ऋणपत्रको लागि आवेदन माग गरेकोमा ७ अर्ब ११ करोड २० लाखको मात्र आवेदन परेको थियो । 

जेठ ३ गते ८ अर्बको ऋणपत्रको आवेदन खुल्ला गरेको राष्ट्र बैंकको सम्पुर्ण ऋणपत्र विक्रि भएको थियो भने जेठ ६ गते ६ अर्बको ऋणपत्र निष्कासन गरेकोमा ६ अर्बको नै विक्रि भएको थियो । जेठ ७ गते १८२ दिनको १३ अर्बको ट्रेजरी विल निष्कासन गरेकोमा १ अर्ब ८५ करोड ५० लाखको मात्र विक्रि भएको थियो । जेठ ८ गते ६ अर्बको ऋणपत्र निष्कासन गर्दा ६ अर्बको नै विक्रि भएकोमा  १० गते पुन ६ अर्बको  ऋणपत्र निष्कासन हुँदा ५ अर्ब ९ करोडको मात्र विक्रि भएको थियो । 

राष्ट्र बैंकले १३ गते ८ अर्बको ऋणपत्र र ११ अर्बको ट्रेजरी विल निष्कासन गरेको थियो । १३ गते पनि ६ अर्बको ७४ करोको ऋणपत्र र २ अर्ब ५० करोडको मात्र ट्रेजरी विल विक्रि भएको थियो । यस्तै जेठ १५ गते निष्कासन गरेको ८ अर्बको ऋणपत्र भने पुर्ण विक्रि भएको नेपाल राष्ट्र बैंकको तथ्याङक छ । 

वित्तीय संस्थाहरु १ वर्ष भन्दा माथिको दिर्घकालिन ऋणपत्रमा लगानी गर्न तयार रहेपनि अल्पकालीन प्रकृतिको ट्रेजरी विल खरिद गर्न भने खासै तयार रहेको देखिदैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved